विकासको गतिलाई तीव्र ढंगले अघि बढाउनु पर्दछ : प्रम ओली

सफल खबर संवाददाता

बुधबार, ०१ असोज २०७६, १४ : ०८
विकासको गतिलाई तीव्र ढंगले अघि बढाउनु पर्दछ : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा राजनीतिक उपलब्धी हासिल भइसकेकोले अब विकासको गतिलाई तिव्र ढंगले अघि बढाउनु पर्ने बताउनु भएको छ ।

सातौं विज्ञान दिवशको अवसरमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेकोे कार्यक्रमलाई आज राष्ट्रिय सभा गृहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले जनताको विकासका चाहनालाई अघि बढाउन सबै प्रयास केन्द्रित गराउने बताउनुभएको छ ।

“सरकारबाट जनताले विकासका धेरै अपेक्षा राखेका छन् । यसमा हामी गम्भिर छौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तिव्र गतिमा काम गर्नका लागि विकासलाई प्रविधिसँग जोड्नु आवश्यक छ ।”

प्रधानमन्त्री ओलीले समय बदलिएको नभइ आफूहरुले समयलाई बदलेको बताउनुभयो । लोकतान्त्रिक व्यवस्था मार्फत नै देशलाई अघि बढाउनु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ ।

“नेपाली जनताले दुःख पाउनु पर्ने कुनै कारण छैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “मूख्य गरी तीन कारणले नेपालीहरुले दुःख पाउनु हुदैन । पहलो हामी विद्वान र वीर पूर्खाका सन्तान हौं । दोस्रो हामी प्राकृतिक स्रोत र साधनले भरीपूर्ण ठाउँमा छौं र तेस्रो हामीसँग यूवा  र क्रियाशिल जनसंख्याको बाहुल्यता छ । यी सबै चीजको उपयोग हुने हो भने सबै नेपाली समृद्ध र सुखी  हुनेछन् ।”

प्रधानमन्त्री ओलीले विज्ञान र दर्शनलाई जीवनसँग जोड्नु पर्ने बताउनुभएको छ । “हाम्रा लागि अहिले धेरै अवसर छ । किनकि हामीलाई आवश्यक पर्ने धेरै प्रविधि अरुले नै पत्ता लगाइदिएका छन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हामीले प्रविधिको सकारात्मक प्रयोग गरेर समाजलाई अगाडि बढाउनु पर्दछ ।”

प्रतिक्रिया दिनुहोस