भरतपुरमा ‘प्रथम अन्तराष्ट्रिय आमन्त्रण चितवन भेट्रान फुटबल हुने’ तयारी अन्तिम

सफल खबर संवाददाता

सोमबार, ३० भदौ २०७६, २० : ४३
भरतपुरमा ‘प्रथम अन्तराष्ट्रिय आमन्त्रण चितवन भेट्रान फुटबल हुने’ तयारी अन्तिम

 चितवन । प्रथम अन्तराष्ट्रिय आमन्त्रण चितवन भेट्रान फुटबल कप २०७६ हुने भएको छ । प्रतियोगिताबारे आज भरतपुरमा आयोजक चितवन भेट्रान फुटबल क्लबले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । 

प्रतियोगिता असोज २ गत्तेबाट भरतपुर महानगरपालिका १० गेष्टहाउस चौरमा हुने प्रतियोगिता संयोजक बरुण बस्नेतले जानकारी दिए । प्रतियोगितामा भारतका २ टिमसहित देशभरका विभिन्न १६ टिमले प्रतिस्पर्धा गर्नेछन । 

प्रतियोगितामा देरादुन एफसि भारत, चितवन भेट्रान निलो र चितवन भेट्रान रातो, मक्वानपुर भेट्रान हेटौडा, अभिषेक चर्च नवलपुर, रोयल भेट्रान दार्जिलिङ, बगरभाई खलक पोखरा, टि बरगर ललितपुर, नाईट किङ काठमाण्डौ, धरान भेट्रान क्लब धरान, सानो गौचरन काठमाण्डौ, रुपन्देही भेट्रान ११ बुटवल, वि वि सी भेट्रा नबनेपा, झापा भेट्रान झापा, युथ एकेडेमि विरगंज र कैलाली भेट्रान कैलाली सहभागी हुनेछन । 

प्रतियोगीताको फाईनल ६ गत्ते हुने छ । क्वार्टरफाईनलसम्म दैनिक ४ खेल सञ्चालन हुने छ भने सेमेफाईनलका २ खेल ५ गत्ते हुने चितवन भेट्रान फुटबल क्लबका अध्यक्ष रविन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

 प्रतियोगिताको प्रथम पुरस्कार १ लाख १ हजार १११, द्धितिय पुरस्कार ५० हजार ५५५ रुपैँया रहेको क्लबका कोषाध्यक्ष विष्णु दराईले बताए । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार दिईने छ भने उत्कृष्ट चार विधाका खेलाडीहरु बेष्ट गोलकिपर, बेष्ट मिड फिल्डर, बेष्ट डिफेन्स र हाई स्कोररलाई जनहि ५ हजार रुपैँया पुरस्कार रहेको छ । 

प्रतियोगिताको मुख्य प्रायोजक जस्मिन पेन्टस रहेको छ भने सह प्रायोजकमा वि एण्ड वि सव मनी ट्रान्सफर, गोर्खा ब्रुअरी, आई एम ई माटर्स, मिलन मार्केट, सेन्ट्रल कलेज  हानामस् इन्टरनेशनल एजुकेशनल प्राली रहेका छन । एन्फा चितवन, चितवन खेलकुद पत्रकार मञ्च र गोल नेपाल सहयोगी संस्थाका रुपमा रहेको आयोजकले जनाएको छ ।

 यसैविच तयारी लगभग अन्तिम चरणमा पुगेको प्रतियोगिता संयोजक बरुण बस्नेतले बताए । सवै टिम चितवन आउने क्रममा रहेको छन भने खेल मैदान पनि तयार भईसकेको जनाईएको छ । 
 

प्रतिक्रिया दिनुहोस