काँग्रेसको राष्ट्रिय जागरण अभियानः कुन नेताले कहाँ गर्नेछन् सम्बोधन ?

सफल खबर संवाददाता

सोमबार, २३ भदौ २०७६, २१ : ११
काँग्रेसको राष्ट्रिय जागरण अभियानः कुन नेताले कहाँ गर्नेछन् सम्बोधन ?

काठमाडौं । नेपाली काँग्रेसले मंगलबारदेखि सुरु गर्न लागेको हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरणको दोस्रो चरणको अभियानमा शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

जसअनुसार सुनसरीमा सभापति शेरबहादुर देउवा, र उपसभापति विजयकुमार गच्छदार, कास्कीमा नेता रामचन्द्र पौडेल, धनुषामा  उपसभापति विमलेन्द्र निधि,  मकवानपुरमा महामन्त्री डा शशांक कोइराला,  भक्तपुरमा महामन्त्री  पूर्णबहादुर खड्का र काठमाडौँंमा कोषाध्यक्ष  सीतादेवी यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेसले जनाएको छ । 

जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन पारेर काँग्रेसले मंगलबारदेखि दोस्रो चरणको अभियान सञ्चालन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस