Safal Khabar - पाकिस्तान हुँदै किन आउँदैछन् चिनियाँ विदेशमन्त्री नेपाल ?
मङ्गलबार, ०७ असोज २०७६ (Tuesday, 24 September, 2019)
पाकिस्तान हुँदै किन आउँदैछन् चिनियाँ विदेशमन्त्री नेपाल ?
शनिबार, २१ भदौ २०७६, ११ : ५७
पाकिस्तान हुँदै किन आउँदैछन् चिनियाँ विदेशमन्त्री नेपाल ?

काठमाडौँ ।  चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । उनी पाकिस्तान हुँदै नेपाल आउन लागेका हुन् । उनको भ्रमण राष्ट्रपति सीजीङ पीङको आगामी सेम्टेम्बरमा हुने भनिएको नेपाल भ्रमण लक्षित भएको बुझिएको छ । भारत भ्रमणको सिलसिलामा पिङ नेपाल पनि आउने बताइएको छ। 

 वाङको औपचारिक भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ । सँगै समस्यारहित नेपाल–चीन सम्बन्ध नेपालको समृद्धिको यात्राको भरपर्दो साझेदार बन्ने अपेक्षा पनि गरिएको छ ।

दुई साताअघि भारतका विदेश मन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमण गरेलगत्तै चिनियाँ विदेशमन्त्री पनि नेपाल आउन लागेका हुन् ।  उनी नेपाल आउनुअघि पाकिस्तानको भ्रमण समेत सकेर नेपाल आउन लाग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । चिनियाँ दूतावास स्रोतका अनुसार वाङ आइतबार पाकिस्तान हुँदै नेपाल आउनेछन् । 

nic asia
Yeti Diistillery

 यता, पाकिस्तानका विदेश मन्त्री मखदुम साह महमुद कुरेसीले पनि नेपाल भ्रमणको इच्छा देखाएको भएपनि कुनै प्रगति भएको छैन। 

यद्यपि पाकिस्तानी विदेश मन्त्री कुरेसीले नेपाल भ्रमणको ‘ग्रीन सिग्नल’ पाएका छैनन् । उनले कश्मीर मुद्दाका विषयमा कुरा गर्नका लागि नेपाल आउन इच्छा देखाएका हुन् । नेपाल भने उक्त मुद्दामा कुरा गर्न अनिच्छुक देखिएको छ । त्यसैले उनको भ्रमणको बारेमा नेपालले निर्णय नगरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

यही अवस्थामा पाकिस्तानसँग निकट भनिएको चीनका विदेशमन्त्री सो देशको भ्रमणसँग नेपाल आउनुलाई महत्वका साथ हेरिएको छ । 

भारतीय विदेश मन्त्री जयशंकरले नेपालमै रहेको बेला पाकिस्तानी विदेश मन्त्री कुरेसीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई फोन गरेर कश्मीरको मुद्दामा बोल्न आग्रह गरेका थिए ।


तर नेपालले भने कश्मीरको विषय भारत र पाकिस्तानको आन्तरिक मामिला भएको बताउँदै आएको छ । 
यही बीचमा पाकिस्तानबाटै नेपाल वाङ आउनु अर्थपूर्ण भएको बताइन्छ।

प्रतिक्रिया दिनुहोस