प्रथम ज्योतिनगर महोत्सव हुने

हिरालाल आचार्य ‘डायमण्ड’

बुधबार, १८ भदौ २०७६, ०९ : ५१
प्रथम ज्योतिनगर महोत्सव हुने

- हिरालाल आचार्य 'डायमण्ड'
चितवन । “आन्तरिक पर्यटन प्रवद्र्धनमा हाम्रो अभियान, स्वाभलम्वन र सु–सासन हाम्रो पहिचान” भन्ने मूल नाराका साथ पश्चिम चितवनको ज्योतिनगरमा प्रथम ज्योतिनगर महोत्सव हुने भएको छ ।  

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भाद्र २६ गते देखि असोज ५ गतेसम्म महोत्सव हुन लागेको मंगलवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।  

आन्तरिक पर्यटन प्रर्वद्धन सहित भरतपुर २६ मा रहेको अन्जना ताल, बिपी स्मृति वाचनालय र चितवन कै प्राचिन कालिका मन्दिरको पहिचान सहित पर्यटकलाई आर्कषण गर्न महोत्सव गर्न लागिएको महोत्सव मूल आयोजक समितिका सचिव देवेन्द्रशाली घिमिरेले बताएका छन् । कृषि, पर्यटन, औधोगिक ब्यापार मेला तथा साँस्कृतिक महोत्सवमा कुल १ सय स्टल रहने छ ।

महोत्सवमा कृषि प्रवद्र्धन, सास्कृतिक कार्यक्रम, आईटी प्रदर्शनी, फुड फेष्टिवल जस्ता कार्यक्रम हुनेछन । महोत्सव सम्पन्न गर्न ५ सय सदस्यीय मूल समिति गठन गरि तयारी सुरु गरिएको छ । जसमा १० उपसमिति समेत छन् । ज्योतिनगर हाटबजार समितिको आयोजनामा हुने महोत्सवमा प्रवेशको लागि ५० रुपैयाँ टिकटको ब्यवस्था गरिएको छ । 

प्रतिक्रिया दिनुहोस