पत्रकार महासंघ सचिव र युनियनका अध्यक्षले लामीछाने भेटे , निष्पक्षताको माग

सफल खबर संवाददाता

शनिबार, ०७ भदौ २०७६, १९ : ३९
पत्रकार महासंघ सचिव र युनियनका अध्यक्षले लामीछाने भेटे , निष्पक्षताको माग

फाईल फोटो

चितवन । अनुसन्धानको क्रममा रहेको पत्रकार शालिकराम पुडासैनीको आत्महत्या विषयमा निश्पक्ष हुनुपर्ने  पत्रकार सम्बद्ध नेतृत्वले माग गरेका छन ।

घटनाको सन्दर्भमा ध्यानाकषर्ण जनाउदै नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्ट र नेपाल प्रेस प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले चितवन पुगेर विना पूर्वाग्रह अनुसन्धानको माग गरे । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान बहादुर मल्ललाई भेटेर उनीहरुले आग्रह गरेका हुन ।

महासचिव विष्ट र युनियनका अध्यक्ष सिग्देलले पत्रकार रवि लामिछाने र युवराज कंडेललाई भेटेका थिए । अनुसन्धानको लागी सहयोगी भूमिकाका लागी आग्रह समेत गरेका थिए । कानून अनुसारको प्रकृया र अनुसन्धानमा कुनै हस्तक्षेप नरहेको भन्दै महासचिव विष्टले सत्यतथ्य सार्वजनिक हुनुपर्ने बताए । लामिछानेले असुरक्षित भन्दै दिएको प्रतिक्रिया प्रति भौतिक नभई अनुसन्धानको विषयमा केन्द्रीत रहेको आफुसंगको कुराकानीमा ब्यक्त गरेको बताए । त्यस क्रममा उनले संचारगृहमा प्रहरीको प्रवेश प्रति आपत्ति जनाएका थिए ।

युनियनका अध्यक्ष सिग्देलले अनुसन्धानले निर्दोस फस्न नहुने भन्दै दोषीलाई कारवाहीको माग गरे ।  उनीहरुले घटना वारे अनुसन्धानको प्रकृया वारे जानकारी लिएका थिए । एसपी मल्लले कानून अनुसार प्रकया अघि बढेको बताए । 

पत्रकार रवि लामिछानेले अनुसन्धानमा आफुले सहयोग गरेको बताए । लामीछाने , कंडेल सहित पक्राउ परेकी अस्मता कार्कीर्ला हिरासतमा राख्न अदालतले दुई पटक गरी थपेको १० दिनको म्याद सकेपछि आइतवार अदालत लैजादै छ ।  

प्रतिक्रिया दिनुहोस