बुटवलमा  ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०७ भदौ २०७६, १५ : ०५
बुटवलमा  ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

बुटवल ।  रुपन्देहीको बुटवलमा ट्राफिक चोकमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । लु २ ख ६८४ नम्बरको ट्रकको ठक्करबाट  साइकल यात्री  पाल्पा रैनादेवी गाउँपालिका बार्ड नम्बर ७ बस्ने २५ वर्षमा पूर्वबहादुर रास्कोटीको मृत्यु भएको हो ।

दुर्घटनामा ३६ बर्षिय थम्मन सिह रास्कोटी घाइते भएका हुन् । घाइतेको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस