मोटरसाइकल स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

शुक्रबार, ०६ भदौ २०७६, १९ : १७
मोटरसाइकल स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिका–४ चार दोबाटोमा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा७३प ९७२१ नंको मोटरसाइकल र बालकोटतर्फ जाँदै गरेको बा६७प ६७५४ नंको स्कुटर एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । 
 
दुर्घटनामा घाइते चालक मध्यपुरथिमि–५ कमेरेटारका २२ वर्षीय राजेश गोजाको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । घाइते भएका स्कुटर चालक भक्तपुर नगरपालिका–५ तौमढीका ३१ वर्षीय प्रवीण लोहलाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । – रासस

प्रतिक्रिया दिनुहोस