महोत्तरी जिल्ला अदालतबाट एक कर्मचारी घुस सहित रङ्गेहात पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०५ भदौ २०७६, १० : २७
महोत्तरी जिल्ला अदालतबाट एक कर्मचारी घुस सहित रङ्गेहात पक्राउ

महोत्तरी । महोत्तरीको जिल्ला अदालतबाट एक कर्मचारी घुस सहित रङ्गेहात पक्राउ परेका छन् ।

बुधवार राति जिल्ला अदालत महोत्तरीमा कार्यरत नापी सर्वेक्षक मोहन यादव घुस रकमसहित जलेश्वरस्थित खैरा चोकबाट  रङ्गेहात पक्राउ परेका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले १ लाख ५० हजार रकम घुस सहित यादवलाई रंगेहात पक्राउ गरेको थियो  ।

एक सेवाग्राहीको घर नक्सा अनुसार नभएको भन्दै मुद्दा मिलाई दिन्छु भनि उनले घुस रकम मागेपछि पीडित पक्षले अख्तियारलाई जानकारी गरेका थिए । रकम बढी भएकोले मुद्दा काठमाडौं पठाउने तयारी भईरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस