दिवंगत दवाडी उदाहरणीय पात्र भएको मेयर दाहालको भनाई

सफल खबर संवाददाता

बुधबार, ०४ भदौ २०७६, १८ : ५६
दिवंगत दवाडी उदाहरणीय पात्र भएको मेयर दाहालको भनाई

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष प्रकाश दवाडीको निवासमा बुधबार श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष दवाडीका बुबा स्व. खडानन्द दवाडीको निधन भएको सातौँ दिन श्रद्धाञ्जलि कार्यक्रम गरिएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि एवम् भरतपुर महानगर प्रमुख रेनु दाहालले कार्यक्रमलाई सम्बोधन गर्दै दिवंगत खडानन्द दवाडी कृषि क्षेत्रमा उदाहरणीय पात्र भएको बताउनु भयो । उहाँले स्वर्गीय दवाडीकै प्रेरणाले परिवारका अरु सदस्य राजनीति र समाजसेवामा सक्रिय रहेको पाइएको बताउनु भयो ।


श्रद्धाञ्जली कार्यक्रममा भरतपुर महानगरपालिका प्रवक्ता एवम् वडा नम्बर १० का अध्यक्ष अरुण पीडित भण्डारी, भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी लगायतले स्वर्गीय खडानन्द दवाडीको सामाजिक योगदानबारे बोल्नु भएको थियो ।
१९९८ साल फागुन २९ गते कास्कीमा जन्मनु भएका दवाडीको २०७६ साल साउन ३० गते नर्भिक अस्पताल काठमाडौँमा उपचाररत अवस्थामा निधन भएको थियो । स्वर्गीय दवाडीका चार जना छोरा, एउटी छोरी र एउटी श्रीमती छन् ।
 

प्रतिक्रिया दिनुहोस