चीनले पढ्नको लागि विद्यार्थी नेपाल पठाउने

बुधबार, ०४ भदौ २०७६, १४ : ५४
चीनले पढ्नको लागि विद्यार्थी नेपाल पठाउने

काठमाडौं । चीनले पढ्नको लागि विद्यार्थी नेपाल पठाउने भएको छ । चीनले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धी अध्ययन गर्न आफ्ना देशका विद्यार्थीलाई नेपाल पठाउन तयार भएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धी नयाँ पाठ्यक्रम बनाएपछि चीन सरकारले वार्षिक १ हजार आफ्ना विद्यार्थीलाई योग शिक्षा अध्ययनका लागि नेपाल पठाउने इच्छा व्यक्त गरेको हो ।

चीनको बेइजिङ नर्मल युनिभर्सिटीका प्रोफेसर प्रो लिउ सिआओ थिङले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग बुधबार सिंहदरबारमा भेट गरि योग शिक्षा अध्ययन गर्न नेपाल उपयुक्त मुलुक भएकोले विद्यार्थी पठाउन तयार रहेको बताएका थिए ।

काठमाडौंमा मंगलबारदेखि जारी मार्क्सवाद र एसियाली दर्शन अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रोफेसर थिङ नेपाल आएका हुन् ।

भेटमा शिक्षामन्त्री पोखरेलले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी पाठ्यक्रम आफ्नो चासोको विषय भएकोले तुरुन्तै आवश्यक छलफल र तयारी गरि पाठ्यक्रम लागू गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस