रविकी श्रीमती निकिताको जाहेरीमा पत्रकार किशोर श्रेष्ठदेखि एसपी दानबहादुर मल्लसम्म, तर दर्ता भएन जाहेरी

बुधबार, ०४ भदौ २०७६, १३ : ५०
रविकी श्रीमती निकिताको जाहेरीमा पत्रकार किशोर श्रेष्ठदेखि एसपी दानबहादुर मल्लसम्म, तर दर्ता भएन जाहेरी

काठमाडौं । रवि लामिछानेकी श्रीमती निकिताले भिडियो किर्ते गरेको आरोप लगाउँदै पत्रकार किशोर श्रेष्ठदेखि एसपी दानबहादुर मल्लसम्मलाई किटानी जाहेरी दिन प्रहरी महानगरीय परिसर गएपनि अहिलेसम्म जाहेरी दर्ता हुन सकेकाे छैन ।

प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर जाहेरी दिन गएकी हुन् । जाहेरी दर्ता गर्ने वा नगर्ने विषय टुंगिएकाे छैन । पत्रकार शालिकराम पुडासैनी सागत उन २० गते नारायणगढ बसपार्कको होटल कंगारुकाे काेठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित  पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरी न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।  

प्रतिक्रिया दिनुहोस