किन थपीयो म्याद ? रविका वकिल मिडियामा

मंगलबार, ०३ भदौ २०७६, २१ : २६
किन थपीयो म्याद ? रविका वकिल मिडियामा

चितवन । बरिष्ठ अधिवक्ता सुसील पन्तले पक्राउ परेका रवि लामिछानेलाई हिरासतमा राख्नुपर्ने कारण नभए पनि म्याद थप गरीएको बताएका छन । रविका तर्फबाट बहस गरेका पन्तले पत्रकार सम्मेलन गरी अनुसन्धानका लागी आरोपीको तर्फबाट समस्या नहुने भए पनि म्याद थप गरीएको बताएका हुन । 
उनका अनुसार सिसि क्यामेरा फुटेज,  रिपोर्ट लगायतका विषयमा अनुसन्धान गर्नुपर्ने भएकाले बादीका तर्फबाट १० दिनको समय माग गरीएको थियो । रविका कारण थप अनुसन्धानमा अप्mठ्योरो नआउने स्पष्ट देखिए पनि म्याद थपीएको बताए ।
उनले आरोपीले अनुसन्धानलाई प्रभावित पार्ने कुनै गतिविधि गर्न नसक्ने अवस्थाबारे बहस गरे पनि ५ दिन म्याद थप गरीएको बताए । बादीका तर्फबाट जिल्ला न्यायधिवक्ता यदु नाथ सर्माले र प्रतिवादीका तर्फबाट सुसिल पन्त, सुनिल पोखरेल र चुडामणी सापकोटाले बहस गरेका थिए । 
रवि लामिछानेसहित तिन जनाविरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा हिरासतमा राखि अनुसन्धान अघि बढाईएको छ । पत्रकार पुडासैनि नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा गएको साउन २० गत्ते झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । 

 

प्रतिक्रिया दिनुहोस