श्रीमानको कुटाइबाट मञ्जुको मृत्यु

मंगलबार, ०३ भदौ २०७६, १८ : २४
श्रीमानको कुटाइबाट मञ्जुको मृत्यु

गाईघाट । उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको कुटाइबाट उनकी श्रीमती ३० वर्षीया मञ्जु पुलामी मगरको मृत्यु भएको छ । 

गए राति तीर्थले घरायसी विवाद हुँदा मञ्जुलाई कुटपिट गरेका थिए । सख्त घाइते मञ्जुको उपचारको क्रममा आज सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरी प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिनुभयो । तीर्थलाई पक्राउ गरी  कारवाही अगाडि बढाइएको उहाँले बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस