मनकामना मन्दिर जाने केवलकारको भाडा बढ्यो

सफल खबर संवाददाता

मंगलबार, ०३ भदौ २०७६, १५ : ३७
मनकामना मन्दिर जाने केवलकारको भाडा बढ्यो

गोरखा । गोरखाको मनकामना मन्दिर जाने केवलकारको भाडा बढेको छ । मनकामना दर्शन प्रालिले भदौ १ गतेदेखि लागू हुने गरी ५ प्रतिशत भाडा बढाएको हो ।

यसअघि चितवनको कुरिनटारदेखि मनकामना मन्दिरसम्मको केवलकारको दुईतर्फी भाडा ६ सय ४० रुपैयाँ थियो । अब दुईतर्फीको बाढा ६ सय ७५ रुपैयाँ पुर्‍याइएको छ ।

एकतर्फी यात्राको भाडा भने १० रुपैयाँ वृद्धि गरेर ३९५ रुपैयाँ पुर्‍याइएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले भाडा बढाउने निर्णय गरेको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिल्लीनारायण कायस्थले जानकारी दिनुभयो । 

स्थानीय तहलाई तिर्नुपर्ने कर बढेकाले भाडा बढाइएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस