सरकारी वकिलको कार्यालयमा बयान दिइरहेका छन् रविले, बयानपछि अदालत लगिने

सफल खबर संवाददाता

मंगलबार, ०३ भदौ २०७६, १४ : ०६
सरकारी वकिलको कार्यालयमा बयान दिइरहेका छन् रविले, बयानपछि अदालत लगिने

चितवन । पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपी रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्किलाई आज पनि सरकारी वकिलको कार्यालय लगिएको छ । अहिले रवि लामिछानेले सरकारी वकिललाई बयान दिइरहेका छन् । यसअघि सोमबार युवराज कंडेल र अस्मिता कार्किको बयान लिइएको थियो । 
आज दिउँसो मात्रै उनिहरु तिनै जनालाई जिल्ला अदालत लगीने बताईएको छ । म्याद थप्ने वा नथप्ने भन्ने विषय साँझसम्मामा टुंगो लाग्ने बताइएको छ । गएको साउन २० गते नारायणगढमा रहेको एक होटलमा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । पत्रकार पुुडासैनीले मर्नुअघि आफ्नै आवाजमा रेकर्ड गरेको सुसाइट भिडियो नोटमा रविसहितका ३ जनाको नाम लिएपछि उनीहरु पक्राउ परेका थिए । 

प्रतिक्रिया दिनुहोस