तिलोत्तमाको कान्छीबजारमा आगलागी

सफल खबर संवाददाता

मंगलबार, ०३ भदौ २०७६, ०९ : ४८
तिलोत्तमाको कान्छीबजारमा आगलागी

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजारको थोक किराना पसलमा आगलागी भएको छ । स्थानीय गोपाल अर्यालको पसलमा गएराति ११ बजेतिर भएको आगलागीबाट करिब ८० लाख रुपैयाँको क्षति भएको अनुमान छ ।
पसल बन्द गरेर घरमा गएको अवस्थामा भएको आगलागीबाट पसलमा राखिएका दैनिक उपभोग्यलगायतका सामान जलेर नष्ट भएका छन् ।

तिलोत्तमा, बुटवल र सिद्धार्थनगर नगरपालिकाका तीनवटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारण थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस