सालिकराम मृत्यु प्रकरणः १३ प्रदर्शनकारी पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०२ भदौ २०७६, २० : ०३
सालिकराम मृत्यु प्रकरणः १३ प्रदर्शनकारी पक्राउ

चितवन । सञ्चारकर्मि रवि लामिछानेको समर्थनमा प्रदर्शन गर्ने १३ जना प्रदर्शनकारी पक्राउ परेका छन । भरतपुरमा जारी प्रदर्शनका क्रममा प्रहरीमाथी अपसव्द प्रयोग गर्ने, हुलहुज्जत गर्ने उनिहरुलाई हिजो र आज विभिन्न स्थानबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
आज ८ जनालाई पक्राउ गरीएको प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले जानकारी दिए । ५ जना भने आईतवार पक्राउ परेका हुन । अन्य दिनको तुलनामा आज प्रदर्शनकारी कम देखिएका थिए । 
चितवनको भरतपुर महानगरपालिका १ नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनि गएको साउन २० गत्ते झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । 

प्रतिक्रिया दिनुहोस