रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्षले दिए राजिनामा (विज्ञप्ति सहित)

सफल खबर संवाददाता

सोमबार, ०२ भदौ २०७६, १९ : ३२
रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्षले दिए राजिनामा (विज्ञप्ति सहित)

चितवन । रवि लामिछाने बचाउ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले आफू संघर्ष समितिको अध्यक्षमा नरहेको जनाएका छन् । उनले एक विज्ञप्ति जारी गरी छानविन कार्यलाई नै प्रभावित हुने गरी उच्छृंखल गतिविधि हुन लागेको महसुस भएकाले आज मिति २०७६÷५÷२ गतेदेखि अध्यक्षको भूमिकामा नरहने व्यहोरा सबैमा जानकारी गराएका छन् । 
‘स्वतन्त्र छानविन र निष्पक्ष न्यायको लागि शान्तिपूर्ण कार्यक्रम सञ्चालन गर्दै आइरहेकोमा हाम्रो समितिको नामबाट हुने कार्यक्रममा असान्दर्भिक रुपमा व्यक्ति विशेष र गणतन्त्र माथि नै प्रहार हुने गरी कार्यक्रमलाई प्रभावित हुने गरी भड्काउन खोजियो’ घिमिरेले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस