चितवनमा अराजकता मच्चाउने ज्ञानेन्द्र शाहीको योजना असफल, सडकमा ननिस्कने भए सोझा जनता

सफल खबर संवाददाता

सोमबार, ०२ भदौ २०७६, १८ : २२
चितवनमा अराजकता मच्चाउने ज्ञानेन्द्र शाहीको योजना असफल, सडकमा ननिस्कने भए सोझा जनता

चितवन । मृतक शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि डोरी किनेको पसल फेला परेपछि अब घटनाको सत्य तथ्य खुल्दै जान थालेको छ । यसअघि शालिकरामलाई हत्या गरेर भुन्ड्याइएको र रवि लामिछानेलाई फसाउने खेलमा राज्य नै लागेको भनेर सडकमा जात्रा देखाउनेहरु समेत शालिकरामले रवि लामिछानेको टर्चर सहन नसकी आत्महत्या गरेको पुष्टि हुने सम्भावना बढेपछि सडकमा ननिस्कने भएका छन् । यसले गर्दा चितवनमा अराजकता मच्चाउने ज्ञानेन्द्र शाहीको योजना असफल भएको छ ।

पत्रकार पुडासैनीको आत्महत्याको बिषयमा केन्द्रीय अनुसन्धान ब्युरो सिबिआईले समेत नारायणगढ बसपार्क क्षेत्रमा आई अनुसन्धान गरेको छ । उसले थप केहि प्रमाणहरु समेत फेला पारेको बताईएको छ । मर्नु अगाडि सालिकराम पुडासैनीले रबिसहित तिन जनाले आफुलाई मर्न बाध्य बनाएको भिडियो रेकर्ड गराएका थिए । रबिका समर्थकहरुले अनुसन्धानलाई नै प्रभाबित पार्ने गरी यो आत्महत्या नभै हत्या भएको र रबिका बिरुद्ध बोल्न लगाई रबिलाई फसाउने खेल सुरु भएको भन्दै रबिलाई भगवान मानी सडकमा जात्रा देखाएका थिए । 

पत्रकार पुडासैनीले आत्महत्या गर्न डोरी किनेर लगेको सिसिटिभी फुटेज नै फेला परेपछि भने आममानिसहरुले अब रबि लामिछानेमाथि शंका गर्दै घटनाको सत्य तथ्य छानबिन हुन दिनु पर्ने र नाराजुलुस गरिरहनु उचित नहुने भन्दै धर्नामा नजाने मनस्थिति बनाउन थालेका छन् । पत्रकार पुडासैनीले बसपार्क आसपासको एक प्लाष्टिक पसलमा पुगी डोरी किनेको भिडियो पुलिसले फेला पारेर अनुसन्धानका लागि काठमाडौं पठाएको छ । पत्रकार पुडासैनीले डोरी किनेको भिडियो फेला परेपछि यो घटना आत्महत्या नै हो भन्ने करिबकरिब निश्चित भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् ।  
अब अनुसन्धान पक्राउ परेका रबि लामिछाने, युवराज कँडेल र रुकु कार्की अस्मितामाथि अझ कडा रुपमा अगाडि बढ्ने तर्क धेरैको छ । प्रदर्शनमा उत्रिएकाहरुले पनि राम्रोसंग अनुसन्धान गरी रबिसहित पक्राउ परेकाहरु दोषी प्रमाणित भए हदैसम्मको कारबाही हुनु पर्ने बताएका छन् ।

धमिलो पानीमा माछा मार्न पल्किएका ज्ञानेन्द्र शाही लगायतका केहि ब्यक्तिहरु चितवनका ठुला होटलमा बसेर युटुबे बटुलेर चितवनमा अराजकता मच्चाउने खेलमा सक्रिय भएका छन् । चितवनमा अस्थिरता मच्चाउन सक्रिय भएकाहरु बिरुद्ध सचेत रहन चितवन प्रशासन र राजनीतिक दलले चितवनबासीलाई आग्रह गरेका छन् ।

नेकपा चितवनले पनि यो घटनामा निष्पक्ष छानबिन हुन दिनु पर्ने भन्दै धर्नामा नजान आफना नेता कार्यक्रतालाई अपिल गरेको छ । मानव अधिकारसंग सम्बन्धित संघसंस्था र सरोकारवालाहरुले पनि घटनाको निष्पक्ष छानबिन हुन दिनु पर्ने भन्दै बिज्ञप्ति नै जारी गरी अनावश्यक नाराजुलुस र हुलदंगा गर्न आवश्यक नभएको बताएका छन् । 
 

प्रतिक्रिया दिनुहोस