पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा नेकपाको गम्भीर ध्यानाकर्षण

सफल खबर संवाददाता

सोमबार, ०२ भदौ २०७६, १६ : ५०
पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा नेकपाको गम्भीर ध्यानाकर्षण

चितवन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा भरतपुरमा भईरहेको प्रदर्शनप्रति नेपाल कम्युनिष्ट पार्टि नेकपा चितवनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । केहि दिन यता भईरहेको प्रदर्शन अनुसन्धानलाई प्रभावित पार्ने मनसायबाट भईरहेको पाइएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
आज एक विज्ञप्ती जारी गरी नेकपाले जनताको ठुलो बलीदानीबाट प्राप्त परिवर्तन विरोधि नारा लगाएर आम नेपालीको अपमान गरेको ठहर गरेको छ । धमिलो पानीमा माछा मार्ने क्रियाकलाप स्विकार्य नहुने चेतावनी दिईएको छ । 
अध्यक्ष यम बहादुर परियार र सचिव कृष्णभक्त पोख्रेलद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ ‘पार्टि नेतृत्वविरुद्ध नामै किटेर अनावश्यक गालीगलोज गर्ने र धमिलो पानीमा माछा मार्न खोज्ने चलखेल नेकपा चितवनलाई स्विकार्य छैन ।’ जिल्लामा शान्ति अमनचयन कायम राख्न प्रशासनसँग माग पनि गरेको छ ।
यस्तै जिल्लाका नेकपा कार्यकर्तालाई प्रतिरोधमा नउत्रन आग्रह गरेको छ । कुनै पनि बाहानामा भएका यस्ता अराजक क्रियाकलापमा सम्लग्न नहुन पार्टिका नेता, कार्यकर्तालाई निर्देशन दिएको छ । 

प्रतिक्रिया दिनुहोस