चौविसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा, प्रदर्शन गरे कारबाही

सफल खबर संवाददाता

सोमबार, ०२ भदौ २०७६, ०८ : २७
चौविसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा,  प्रदर्शन गरे कारबाही

चितवन । भरतपुरको चौविसकोठीदेखि मालपोत चोकसम्मको क्षेत्रमा प्रदर्शन गर्न निषेध गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आजदेखी यो क्षेत्रमा प्रदर्शन र हुलहुज्जत गर्न नपाइने जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आजदेखि जिल्लाको सुरक्षा व्यवस्था झन कडा बनाएको बताइएको छ ।प्रदर्शनका नाममा अराजक गतिविधि गरे नियन्त्रणमा लिएर कारवाही गरिने पनि जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस