रवि लामिछानेको पक्षमा लाग्ने युवक साइबर अपराधमा पक्राउ, पाँच वर्षसम्म जेल हुनसक्ने

सफल खबर संवाददाता

आइतबार, ०१ भदौ २०७६, २१ : २३
रवि लामिछानेको पक्षमा लाग्ने युवक साइबर अपराधमा पक्राउ, पाँच वर्षसम्म जेल हुनसक्ने

काठमाडौं ।  टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका एक उग्र समर्थकलाई प्रहरीले साइबर अपराधमा पक्राउ गरेको छ ।

लामिछाने पक्राउ प्रकरणलाई लिएर महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख एसएसपी उत्तमराज सुवेदीविरुद्ध फेसबुकमार्फत गालीगलौज शंकर विकलाई प्रहरीले अछामबाट पक्राउ गरेको हो । विकलाई मंगलसेनबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ । रविलाई पक्राउ गरेको भन्दै सुवेदीलाई विकले फेसबुकमार्फत भ्रष्टाचारी आरोप लगाएका थिए ।

सुवेदीको तस्वीर राखेर विकले ‘रवि लामिछाने दाइलाई फसाउने यो नै हो भ्रष्ट’, लेखेका थिए । जिल्ला प्रहरी कार्यालय अछाम प्रहरी प्रमुख जनकबहादुर शाहीले महानगरीय प्रहरी परिसर काठमाडौंको पत्रका आधारमा शनिबार पक्राउ गरी काठमाडौं पठाइएको जानकारी दिए । ‘काठमाडौं परिसरले पत्र पठाएको थियो’, शाहीले भने, ‘हामीले पक्राउ गरेर काठमाडौं पठाइदिएका छौं ।’ काठमाडौं प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले विकमाथि साइबर क्राइम अन्तर्गत कारबाही गरिने बताए । साइबर क्राममा पाँच वर्ष जेल सजायको व्यवस्था छ ।   

 

प्रतिक्रिया दिनुहोस