करेन्ट लागेर भरतपुरमा एक व्यक्तिको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०१ भदौ २०७६, ०७ : १५
करेन्ट लागेर भरतपुरमा एक व्यक्तिको मृत्यु

चितवन । करेन्ट लागेर चितवनमा एक पुरुषको मृत्यु भएको छ । पर्सा पोखरीया नगरपालिका ३ का ३१ वर्षीय अनरजित मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मुखियालाई पानि तान्ने मोटरको तार सर्ट भई करेन्ट लागेको थियो । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा शनिबार राति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनि चितवनको भरतपुर महानगरपालिका ११ अमनचोकमा लेवर काम गर्दै आएका बताइएको छ । 
 

प्रतिक्रिया दिनुहोस