Safal Khabar - पत्रकार शालीकराम मृत्यु प्रकरण प्रति नागरीक समाज चितवनको गम्भिर ध्यानाकर्षण
आइतबार, २९ भदौ २०७६ (Sunday, 15 September, 2019)
पत्रकार शालीकराम मृत्यु प्रकरण प्रति नागरीक समाज चितवनको गम्भिर ध्यानाकर्षण
शनिबार, ३२ साउन २०७६, २० : २२
पत्रकार शालीकराम मृत्यु प्रकरण प्रति नागरीक समाज चितवनको गम्भिर ध्यानाकर्षण

चितवन । पत्रकार शालीकराम पुडासैनीको मृत्यु प्रकरणप्रति नागरिक समाज चितवनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । समाजले आज एक प्रेस विज्ञप्ती निकाली पछिल्लो परिघट्ना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । 
समाजले निस्पक्ष छानविन गरी सत्यतथ्य पत्ता लगाउन सरकारसँग माग गरेको छ । यस्तै स्वतन्त्र र निस्पक्ष अनुसन्धानमा सहयोग पु¥याउन प्रदर्शनकारीलाई पनि आग्रह गरेको छ । 
समाजका सचिव गोपीलाल देवकोटाद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ ‘पक्राउ परेका व्यक्तिहरुसँग जोडिएर भएको स्वतस्फुर्त असंगठित आन्दोलन प्रति नागरीक समाज चितवनको ध्यानाकर्षण भएको छ । नागरिकको अस्वभाविक मृत्युको छानविनका क्रममा शंकास्पद व्यक्तिहरु अनुसन्धानमा पक्राउ पर्नु स्वभाविक हो ।’ 
‘निष्पक्ष निर्भिक र स्वतन्त्र अनुसन्धान गरी दोषी निर्दोशिताको निकर्यौल गरी कानुनको समुचित परिपालना गर्न नागरीक समाज चितवन नेपाल सरकारसँग माग गर्दछ । र निष्पक्ष अनुसन्धानमा कुनै पनि किसीमको दवाव सिर्जना नगरी स्वतन्त्र र निष्पक्ष अनुसन्धान आवश्यक सहयोग पु¥याउन आम नागरिक समुदाय समक्ष अपिल गर्दछ ।’ विज्ञप्तीमा उल्लेख गरीएको छ । 
 

प्रतिक्रिया दिनुहोस