प्रहरी र प्रदर्शनकारीविच झडप हुँदा भरतपुर तनावग्रस्त, सर्वसाधारणलाई सास्ती

सफल खबर संवाददाता

शनिबार, ३२ साउन २०७६, २० : १९
प्रहरी र प्रदर्शनकारीविच झडप हुँदा भरतपुर तनावग्रस्त, सर्वसाधारणलाई सास्ती

चितवन । रवि लामिछानेका समर्थक र प्रहरीविच पटकपटक झडप हुँदा भरतपुर दुई दिन यता तनावग्रस्त बनेको छ । आज दिनभर दर्जनौ पटक प्रहरी र प्रदर्शनकारीविच मुडभेट भएको छ । 
रविका समर्थकहरुले प्रदर्शन गर्ने क्रममा प्रहरीलाई आक्रमण गर्नुका साथै प्रहरीको भ्यान पनि तोडफोड गरेका छन । झडपका क्रममा ६ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
दुई दिन यता भईरहेको प्रदर्शनका क्रम्मा विशेषगरी भरतपुर महानगरपालिका १० चौविसकोठीबाट मालपोत चोकसम्मको क्षेत्र तनावग्रस्त बनेको हो । उक्त क्षेत्रका केहि औषधी पसल बाहेक सवै व्यवसायीक पसल बन्द रहेका छन । पटकपटक झडप हुँदा औषधि किन्न पसलमा पुग्न समेत सर्वसाधारणलाई सकस परेको छ । 
संघर्ष समितिनै गठन गरेर प्रदर्शन गरीरहेका उनिहरुले रविसहित पक्राउ परेकालाई नछाडेसम्म कार्यक्रमलाई निरन्तरता दिईरहने बताएका छन । प्रदर्शनका क्रममा घुसपैठ हुँदा प्रहरीसँग झडप भएको समितिका संयोजक सरोज घिमिरेले आरोप लगाएका छन । उनले प्रहरीकै मान्छेले आन्दोलनमा मिसिएर प्रहरीलाई ढुंगा हानेको दावी गरे । 
उता प्रहरीले भने प्रदर्शनकारीले प्रहरीमाथी आक्रमण गर्ने, तोडफोड गर्ने, बाटो अवरुद्ध गरेर सर्वसाधारणलाई हिडडुलमा समस्या ल्याउनथालेपछि झडप भएको बताएको छ । झडपका क्रममा केहि व्यक्ति पक्राउ परे पनि छाडीएको बताएको छ । दर्जनौ पटक मुटभेट भए पनि जिल्लामा अप्रिय घट्ना नघटेको प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस