काठमाडौं प्रहरीले सुरक्षा सतर्कता बढायो

सफल खबर संवाददाता

शनिबार, ३२ साउन २०७६, १६ : ३७
काठमाडौं प्रहरीले सुरक्षा सतर्कता बढायो

काठमाडौं । टेलिभिजन पत्रकार रवी लामिछाने पक्राउ परेपछि काठमाडौं प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । प्रहरीले कसैले पनि उश्रङ्खल गतिविधि गर्न सक्ने भएकाले सतर्कता बढाएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले प्रहरीले अनुसन्धानका लागि सहयोग गर्न लामिछानेलाई चितवन प्रहरीको जिम्मा लगाएकाले अन्यथा लिनु नपर्ने बताए ।

‘कोही पनि उश्रङ्खल हुन जरुरी छैन । यदि कसैले त्यस्तो गतिविधि गरे प्रहरी नियन्त्रण गर्न सक्षम छ,’ सुवेदीले भने,‘उहाँलाई चितवन प्रहरीको जिम्मा लगाइएको छ ।’
सुरक्षा निकायले अनुसन्धानलाई सहयोग गर्न अपिल समेत गरेको छ । ‘यो प्रहरीको कर्तव्य हो । भिड र कानुन छुट्टा छुट्टै विषय हो । भिडले राज्यको सिस्टमलाई नियन्त्रण गर्न सक्दैन,’ एक उच्च प्रहरी अधिकारीले भने,‘आम सर्वसाधरणले प्रहरीको कदमलाई सहयोग गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस