साझा यातायात : सधैं घाटाको व्यापार

सफल खबर संवाददाता

शुक्रबार, ३१ साउन २०७६, १४ : २९
साझा यातायात : सधैं घाटाको व्यापार

काठमाडौं । व्यापारको सिद्धान्तले भन्छ, घाटाको व्यापार हुँदैन । अर्थशास्त्रले पनि व्यापारमा घाटाको परिकल्पना समेत गर्दैन तर सधैँ घाटाको मात्रै व्यापार भएको भनेर हल्ला गर्ने संस्थाको नाम हो, साझा यातायात । 
सरकारले केही दिन पहिलेमात्रै ३ सय वटा विद्युतीय बस खरीदका लागि साझा यातायातलाई रु तीन अर्ब रकम दिएको छ । हेर्दा सार्वजनिक यातायातमा सुधारका लागि सरकारले ठूलो रकम खर्च गर्न लागेको जस्तो देखिन्छ । साझा यातायातमा सरकारले गरेको लगानी बालुवामा पानी भन्दा फरक देखिएको छैन । सरकार लगानी थप्दै जान्छ, साझा यातायाले घाटाको व्यापारको हिसाब सार्वजनिक गर्दै जान्छ । घाटाको मात्रै हिसाब देखाउँदै जाने साझाको अधिकाशं हिस्सा सरकारको नै हो । जनताले कर तिरेको र गाँस काटेर जम्मा पारेको रकम हो । 
हरेक वर्ष सरकारले पैसा लगानी गर्छ । काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका पनि त्यसमा जोडिएका छन् । उनीहरुले सार्वजनिक सवारी साधनमा सुधार हुन्छ भने किन त भन्दै राज्य कोषबाट प्राप्त भएको रकम लगानी गरेका छन् । पछिल्लो पटक साझा यातायातसँगको सहकार्यमा प्रदेश नं ३ सरकार पनि जोडिएको छ । प्रदेश सरकारले पनि साझा यातायासँग मिलेर प्रदेशभरी नै सहज रुपमा यातायात सेवा दिने बताएको छ । 
कनकमणि दिक्षित साझा सहकारीका अध्यक्ष हुन् । नेपालको मौलिक शान्ति प्रक्रियाको विरुद्धमा हुने नहुने सबै प्रकारको गतिविधि गरेका दिक्षितलाई नेपालमा राम्रो मान्ने र ठान्ने मान्छे पाउन र भेटिन मुस्किल नै पर्छ । धेरैले उनलाई डलरमणिको उपमा पनि दिन्छन् । सेतो कपाल भएका हेर्दा हंशमुख देखिने दिक्षित मानवीय सम्वेदनाका व्यापारी हुन् । उनको पूर्व माओवादी नेताहरुसँग ठूलो दुुस्मनी छ । 
माओवादीले लडेर ल्याइदिएको गणतन्त्रमा महाराज बनेर मोज गर्न पाएका दिक्षित सरकारी स्रोतको पैसा कसरी दुरुपयोग गर्ने र आफ्नो कब्जामा पार्ने ध्याउन्नमा भन्दा अन्य काममा नलाग्ने स्वभावका पनि छन् । माओवादी आन्दोलन र विशेष गरी परिवर्तनकारी आन्दोलनका विरुद्ध हुने नहुने सबै प्रकारका हर्कत गरेर बस्ने दिक्षितलाई पछिल्लो पटक केपी ओली सरकारले विशेष प्रयोजनका लागि उक्त रकम दिएको जानकार स्रोतहरुको भनाइ छ । 
सरकारविरुद्ध चर्को प्रचार भएको भन्दै त्यस विरुद्ध व्यवस्थापन गर्ने जिम्मा ओलीले दिक्षितलाई दिएका छन् । सोही प्रयोजनका लागि नै साझा यातायातको नाममा सरकारी स्रोतको पैसा दिक्षितलाई दिइएको जानकारहरुको भनाइ छ । सरकारविरुद्ध अलि बढी नै प्रचार भयो, लौ न केही उपाय त खोज्न प¥यो भन्ने प्रधानमन्त्रीको आग्रह अनुसार नै साझाको नाममा रकम वितरण गर्ने योजना बनाइएको छ । 
दिक्षितले भने मिडिया व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहयोग नाम दिएर सरकारबाट प्राप्त भएको रकम मिडियाका साहुजीहरुलाई उपलब्ध गराउने तयारी गरेका छन् । एशिया फाउण्डेशनको नाममा पैसा आएको भन्दै सरकारबाट प्राप्त भएको पैसा उपलब्ध गराउने तयारीमा दिक्षित लागेको बताइन्छ । ओलीको सो सूत्रले के कस्तो काम गर्ला त्यो भने आगामी दिनमा नै प्रष्ट हुने देखिन्छ ।
सरकारले साझा यातायातलाई रु तीन अर्ब रकम दिएको छ । त्यस मध्ये रु दुई अर्ब रकममा साझाका लागि बस नै खरीद गरिनेछ । त्यसबाट ३ सय बस ल्याउने सरकारको योजना रहेको छ । बाँकी रहेको एक अर्ब भने मिडिया म्यानेजमेन्टमा खर्च गर्ने सरकारको योजना छ । नेपालका हरेक सञ्चार गृहलाई एकै स्थानमा ल्याएर आफ्ना एजेण्डा सार्वजनिक गर्न लगाउने, सरकार विरुद्ध प्रचार गराउने वा कुनै नेतालाई असफल बनाउने वा उचाल्ने काम गर्दै आएका दिक्षितले सरकारबाट प्राप्त रु एक अर्ब रकम सोही प्रयोजनाका लागि खर्च गर्ने भएका छन् । 
पछिल्लो दिनमा केपी ओली नेतृत्वको सरकार हरेक दिन असफल भइरहेको छ । विभिन्न सञ्चार माध्यमले सरकारको विरुद्ध अनेकन प्रचार प्रसार गरिरहेका छन् । सरकारका मन्त्रीले गरेका नकारात्मक काम कारवाहीको विषयलाई लिएर सञ्चार माध्यमले दैनिक जसो नै प्रचार गरेको सन्दर्भमा सरकारबाट प्राप्त भएको रकम सरकारको पक्षमा बनाउनका लागि खर्च गर्न लागिएको हो । 
जानकार स्रोतहरुका अनुसार ओलीले सोही प्रयोजनका लागि दिक्षितलाई साझा यातायाताको नाममा रकम उपलब्ध गराएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक वरिष्ठ कर्मचारीले जानकारी दिए । यसो त बालुवाटारका भित्रियाले समेत मिडिया म्यानेजमेन्टका लागि ठूलो रकम खर्च गर्न लागिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस