Safal Khabar - लेक लागेर मृत्यु
आइतबार, ०१ भदौ २०७६ (Sunday, 18 August, 2019)
लेक लागेर मृत्यु
बिहिबार, ३० साउन २०७६, ०९ : १०
लेक लागेर मृत्यु

रसुवा । पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्न गएका एक यात्रुको गए राति गोसाइँकुण्डमा निधन भएको छ । जिल्ला प्रहरी प्रवक्ता ओमप्रसाद वाग्लेका अनुसार सिन्धुपाल्चोक जिल्ला मेलम्ची घर भई हाल काठमाडौँको मूलपानी बस्ने २३ वर्षीय दीपक ढकालको निधन भएको हो ।

समुद्र सतहदेखि १४ हजार १०० फिटको उचाइमा लेक लागेको उनको मृत्यु भएको हो । शवलाई गोसाइँकुण्डबाट तल झार्ने प्रक्रिया अगाडि बढेका प्रहरी प्रवक्ता वाग्लेले जानकारी दिनुभयो । –रासस 
 

प्रतिक्रिया दिनुहोस