बहुविवाहको अरोपमा भरतपुरबाट दुई जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, २९ साउन २०७६, ११ : ११
बहुविवाहको अरोपमा भरतपुरबाट दुई जना पक्राउ

चितवन । बहुविवाह गरेको आरोपमा चितवनको भरतपुरबाट एक जोडी पक्राउ परेका छन । रत्ननगर नगरपालिका वडा न ९ का राजेश गुरुङ र भरतपुर महानगरपालिका १ का रस्मी सुनारलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
गुरुङ हाल लायन्सचोकमै बस्दै आएका थिए । उनिहरु दुवै जनालाई जेठी श्रीमतीको किटानी जाहेरीको आधारमा लायन्सचोकबाटै पक्राउ गरीएको प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले बताए । 
पक्राउ परेको उनिहरुमाथी बहुविवाह कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जनाईएको छ । जोकोहिले घरमा श्रीमती हुँदाहुँदै बहुविवाह गरे त्यस्तो विवाह स्वत बदर हुने कानुनी व्यवस्था रहेको छ । 

प्रतिक्रिया दिनुहोस