ट्रकको ठक्करबाट नवलपुरमा रहेको अरूण खोलाको पुल भाँचियो

पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध

सफल खबर संवाददाता

बुधबार, २९ साउन २०७६, ०७ : ०८
ट्रकको ठक्करबाट नवलपुरमा रहेको अरूण खोलाको पुल भाँचियो

नवलपुर । नवलपरासीको अरुणखोलाको पुलमा ट्रक ठोक्किँदा पुलै भाच्चिएको छ । पुल भाच्चिदा पूर्वपश्चिम राजमार्ग बिहानै देखि अवरुद्ध भएको छ ।

मध्यविन्दु नगरपालिकामा पर्ने अरुणखोला पुलमा आज बिहानै ट्रक ठोक्किएको थियो । ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किएको थियो । पुल करिब दुई मिटर तल लच्किएको छ । ट्रकसमेत पुलको फलाममा अड्किएको छ ।

नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले ट्रक ठोक्किँदा पुल भाँचिएकाले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको बताएका छन् । उनले पुलमै फसेको ट्रक निकाल्ने प्रयास भईरहेको बताए । 

प्रतिक्रिया दिनुहोस