पोखराको न्यूरोडमा भीषण आगलागी, ३२ सटर खरानी

मंगलबार, २८ साउन २०७६, २० : ०६
पोखराको न्यूरोडमा भीषण आगलागी,  ३२ सटर खरानी

 पोखरा । पोखराको मुख्य व्यापारिक स्थल न्युरोडमा  मंगलबार दिउसो आगलागी भएको हो ।  
दिउँसो  करिब ४ बजेर ३० मिनेट जाँदा सुरु भएको आगो ५ बजेर ४० मिनेटमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

मिनी मार्केटको ३२ वटा सटर ७ जनाले भाडामा लिएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कास्कीले बतायो । मिनी मार्केटका घरधनी यदुनाथ अधिकारी रहेका छन भने उक्त मिनी मार्केटमा फम हाउस पर्दा, कार्पेट, फर्निचर, इलेक्ट्रिक, चश्मा पसल, खाजा घर, जुस पसल सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस