Safal Khabar - प्रशासकीय अधिकृतको  स्कारपियोले ठक्कर दिँदा एक जनाको मृत्यु
सोमबार, ०२ मङि्सर २०७६ (Monday, 18 November, 2019)
प्रशासकीय अधिकृतको  स्कारपियोले ठक्कर दिँदा एक जनाको मृत्यु
मङ्गलबार, २८ साउन २०७६, १८ : ३१
प्रशासकीय अधिकृतको  स्कारपियोले ठक्कर दिँदा एक जनाको मृत्यु

रौतहट । जिल्लाको राजपुर नगरपालिकामा आज भएको सवारी दुर्घटनामा परी एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत विहार पलुवाचैनपुर कुमरार टोलीका ६० वर्षीय विन्देश्वर दास रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बौद्धिमाई नगरपालिकाका प्रशासकीय अधिकृत वीरेन्द्र चन्द्रवंशीले चढेको बीआर०३२ पीए १५४१ भारतीय नम्बरको स्कारपियोले ठक्कर दिँदा दासको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीका चालक गौर नगरपालिका–४ टिकौलियाका राकेश सहनीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  (रासस)

Yeti Diistillery
nic asia

प्रतिक्रिया दिनुहोस