चितवन । जबरजस्ती करणीको आरोपमा एक व्यक्ति भरतपुरबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका वडा नम्बर ९ का सन्देश चौधरीलाई पक्राउ गरिएको छ ।
सन्देशलाई भरतपुर महानगरपालिका १० बाट पक्राउ गरिएको हो । अर्का आरोपी राप्ती नगरपालिका वडा नम्बर ४ भण्डाराका रक्तिम किरण गोले भने फरार छन् । उनीहरुले २०७४ साल साउन १५ गते राति १० बजे भरतपुर महानगरपालिका वडा नम्बर २५ की एक महिलालाई घरमै गएर जबरजस्ती करणी गरेर फरार रहेको प्रहरीको भनाइ छ । पक्राउ परेकामाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ साउन २०७६, १२ : १४
लेखकबाट थप