चितवन । इनारमा खसेर भरतपुरमा एक महिलाको मृत्यु भएको छ । नवलपुर गैँडाकोट घर भई चितवन भरतपुर महानगरपालिका ९ आदर्शचोक माइती घर आएकी ४० वर्षीय इन्द्रकला भुषालको इनारमा खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भुषाल कपडा सुकाउने क्रममा इनारको ढकनीमाथी चढेकि थिइन । ढकना भाँचिदा उनि आज बिहान साढे ६ बजे इनारभित्र खसेकी थिइन् । उनलाई प्रहरीको टोलीले उद्धार गरी भरतपुर अस्पतालमा उपचारका लागी पठाएकोमा पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै म्याजीक र मोटरसाईकल ठोक्कीदा २ जना घाईते भएका छन । मोटरसाईकल चालक प्रेमबस्तीका १६ वर्षीय सन्देश थापा र पछाडी सवार १७ वर्षीय मनिष न्यौपाने घाईते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिका १० हाकिमचोक नजिक ना १ ज ५३५४ नम्बरको म्याजिक र ना ११ प १६३ नम्बरको मोटरसाईकल आपसमा ठक्कर खाँदा उनिहरु घाइते भएका हुन । उनिहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको जनाईएको छ । म्याजीक चालक फरार रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ साउन २०७६, १० : १७
लेखकबाट थप