बसको ठक्करबाट चितवनमा एक महिलाको मृत्यु

विहीबार, २३ साउन २०७६, १७ : ५५
बसको ठक्करबाट चितवनमा एक महिलाको मृत्यु

चितवन । बसको ठक्करबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । लम्जुङ घर भई भरतपुर महानगरपालिका १५ मंगलपुर बस्ने ३८ वर्षीय मोतीमाया गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

मेघौलीबाट नारायगढतर्फ आउँदै गरेको ना ६ ख ९३४६ नम्बरको बसले साइकल यात्री गुरुङलाई दिउँसो ३ बजे ठक्कर दिएको थियो । गम्भीर घाइते उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा ५ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

प्रतिक्रिया दिनुहोस