एजेन्सी । उत्तरी भियतनामको हुओई हा गाउँका बालबालिकाहरू नभिजेको लुगा लगाएर विद्यालय जानका लागि निकै जोखिम मोल्छन् ।
वर्षात्को समयमा उनीहरू यसरी नदी पार गर्न गरेको संघर्षले जो कोहीको मन छुन सक्छ । पुल नभएका कारण उनीहरूले प्लास्टिकमा पोको परेर नदी पार गर्न बाध्य छन् ।
एउटा बच्चालाई एक पोलिथिनमा बन्द गराइन्छ । त्यसपछि नदीमा पठाइन्छ र नदीमा छोडिन्छ । अनि अर्कोले तानेर नदी पार गराउँछन् । यसले गर्दा उनीहरूको लुगा र किताबकापी पनि भिज्दैन ।
गाउँका मुखिया भन्छन्, 'यो निकै खतरनाक छ । तर हामीसँग यसको विकल्प केही छैन । वर्षात्को समयमा अस्थायी पुल पनि बगाउँछ । अनि यसरी नै नदी पार गराउँछौं ।'
मुखिया भन्छन्, 'पोलिथिनमा नदी पार गराउनु निकै जोखिम छ । बच्चालाई पोलिथिन ब्यागमा राख्दा बेहोश हुने डर हुन्छ ।' उनले आगामी दिनमा सरकारले सस्पेन्सन ब्रीज बनाउने आशासमेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०२ साउन २०७६, १३ : ४५
लेखकबाट थप