बाढीले बगाएर एक महिलाको मृत्यु

बुधबार, ०१ साउन २०७६, १३ : ३८
बाढीले बगाएर एक महिलाको मृत्यु

संखुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकुवाका रिदाक शेर्पाको श्रीमती मिङमाखङडु शेर्पा रहेको छ ।


स्थानीय स्वास्थ्यचौकीमा उपचार गराई सोमबार घर फर्कंदै गर्दा भ्यागुते खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । - रासस

प्रतिक्रिया दिनुहोस