पौडी खेल्ने क्रममा पोखरीमा डुबेर दुईजनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०१ साउन २०७६, ०९ : १३
पौडी खेल्ने क्रममा पोखरीमा डुबेर दुईजनाको मृत्यु

भोजपुर । भोजपुरमा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर दुईजनाको मृत्यु भएको छ । मंगलबार बेलुका आमचोक गाउँपालिका–२ यूँमा पोखरीमा डुबेर आमचोक–१ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र सोही ठाउँका २० वर्षीय गेल्बु शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

घरबाट मंगलबार दिउँसो घुम्न हिंडेका दुबैजना पानी जम्मा गरि राखेको  पोखरीमा साँझ भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।   

मृतक दुबै जनाको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।   

प्रतिक्रिया दिनुहोस