न्यायपालिकाको रणनीतिक योजना सार्वजनिक

मंगलबार, ३१ असार २०७६, २० : १५
न्यायपालिकाको रणनीतिक योजना सार्वजनिक

काठमाडौं । छिटोछरितो र गुणस्तरीय न्याय सम्पादन गर्ने मूल लक्ष्यसहित ‘न्यायपालिकाको चौंथो पञ्चवर्षीय रणनीतिक योजना’ सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंका एक कार्यक्रमकाबीच सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सो रणनीतिक योजना सार्वजनिक गरेका छन् । 

समग्र न्यायपालिकाको सुधारका लागि ५ वर्षे रणनीतिसहित तय गरिएको सो रणनीतिक योजना श्रावण १ गतेबाट लागू हुँदैछ । न्यायपालिकाको कामकारबाही छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादन, आम जनतामा न्यायमा पहुँच, न्यायिक सुशासन, ब्यवस्थापन तथा न्यायपालिकाप्रतिको जनआस्था बृद्धि गर्ने सम्मको लक्ष्य राखेर रणनीतिक योजना सार्वजनिक गरिएको सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस