वजेट विनियोजन गर्दा पक्षपात नगरेको गैंडाकोट ३ का अध्यक्ष तिवारीको भनाइ

प्रकाश सिग्देल

मंगलबार, ३१ असार २०७६, १८ : ३४
वजेट विनियोजन गर्दा पक्षपात नगरेको गैंडाकोट ३ का अध्यक्ष तिवारीको भनाइ

– प्रकाश सिग्देल
नवलपुर । गैंडाकोट नगरपालिका– ३ का वडाअध्यक्ष शिवकान्त तिवारीले अनावश्यक क्षेत्रमा वजेट विनियोजन ग¥यो भनि आफूमाथि लगाइएको आरोप साँचो नभएको बताउनु भएको छ ।

वजेट विनियोजन गर्दा अनावश्यक योजनाहरुमा बढी रकम खर्च गरेको भन्दै   गाँउवासीहरुले नगरपालिकामा नगरप्रमुखको ध्यानाकर्षण गराएपछि मंगलबार गैंडाकोट नगरपालिकामा पत्रकार सम्मेलन गरी त्यस्तो बताउनु भएको हो । पत्रकार  सम्मेलनमा उहाँले असन्तुष्टि जनाएको योजनाहरुको बारेमा स्पष्टिकरण दिनु  भएको थियो ।

साडी किन्न वजेट विनियोजन गरेको भन्ने आरोपको खण्डन गर्दै उहाँले आफूले विपन्न समुदायका महिलाहरुको मनोवल विकास गर्न वजट छुट्याएको बताउनुभयो । त्यस्तै हर्दिमा रहेको जुक्ती पुल निर्माणमा वजेट नदिएको आरोपको खण्डन गर्दै त्यो पुल केन्द्रीय योजनामा परेकाले केन्द्रसँग पहल गर्ने बताउनुभयो । त्यस्तै उँहाले मंगलादेवि मन्दिर पर्यटकीय स्थल भएकाले मंगला मन्दिरको संरक्षणका लागि वजेट छुट्याएको बताउनुभयो । वडा अध्यक्ष तिवारीले गैंडाकोट वडा नम्वर ३  भौगोलिक हिसावले पनि ठूलो रहेकोले एकै पटक सम्पूर्ण विकासको कामहरु  सम्भव हुन नसक्ने भन्दै आगामी वर्षहरमा बाँकी काम गर्ने बताउनुभयो ।

असन्तुष्ट स्थानीयहरुले साडी खरिद, प्रचार प्रसारलगायत अनावश्यक क्षेत्रमा वजेट विनियोजन गरी विकासका महत्वपूर्ण पाटो भुलेको आरोप लगाउँदै सोमबार नगरपालिकामा ध्यानाकर्षण गराएका थिए । 

प्रतिक्रिया दिनुहोस