रुसमा आतंकवादी आक्रमणको प्रयास

एजेन्सी

मंगलबार, ३१ असार २०७६, १६ : ३२
रुसमा आतंकवादी आक्रमणको प्रयास

मस्को । रुसको संघीय सुरक्षा सेवाले मुलुकको दक्षिणी रोस्तोभ क्षेत्रमा इस्लामिक आतंकवादी संगठन (आइएस)ले तयार पारेको आक्रमणको प्रयासलाई विफल बनाइदिएको जनाएको छ । आइएसले प्रहरीमाथि आक्रमणको योजना बनाएको दाबी गरिएको छ । उक्त कार्यमा तीन जना रुसी नागरिक नै संलग्न रहेको संघीय सुरक्षा सेवाले बताएको छ । 

सुरक्षा सेवाले जारी गरेको वक्तव्यमा उक्त आक्रमणकारी समूहका नेता सुरक्षा कारबाहीमा मारिएको जनाएको छ । अरु दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुसी अनुसन्धान संस्थाले उक्त घटनाका दोषीमाथि फौजदारी अभियोग दर्ता गर्नुका साथै थप अनुसन्धान कार्य अघि बढाएको छ ।  –सिन्ह्वा

प्रतिक्रिया दिनुहोस