जंगली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ३१ असार २०७६, १५ : १९
जंगली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवन । जंगली हात्तीको आक्रमणबाट चितवनको रत्ननगरमा एक बृद्धको मृत्यु भएको छ । रत्ननगर नगरपालिका ७ बद्रेनीका ६२ बर्षीय कान्छो दराइको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । 

दराइलाई सौराहामा काम गर्न जाने क्रममा घरदेखि १ किलोमिटर पूर्वको बाटोमा हिँडिरहेको अवस्थामा हात्तीले मंगलबार बिहान ६ बजे आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस