हाईस पल्टिदा भरतपुरमा ७ जना घाईते (घाईतेको नामावलीसहित)

सफल खबर संवाददाता

सोमबार, ३० असार २०७६, २० : ५४
हाईस पल्टिदा भरतपुरमा ७ जना घाईते (घाईतेको नामावलीसहित)

चितवन । हाईस पल्टिदा भरतपुरमा ७ जना घाईते भएका छन । एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । काठमाण्डौबाट नारायण्ढतर्फ गईरहेको ग १ ख ५३५५ नम्बरको हाईस भरतपुर महानगरपालिका १ आपटारीमा सोमवार साँझ ६ः ४५ बजे अनियन्त्रीत भई पल्टिदा हाईसमा सवार ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
उनिहरु सवैको भरतपुरस्थित विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरी प्रवक्ता एक नारायण कोईरालाले बताए । घाइतेहरुमध्ये चितवन रत्ननगर नगरपालिका २ का २५ वर्षीय रञ्जना तिमल्सिनाको अवस्था गम्भिर रहेको छ । उनको नयाँ मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 
यस्तै अन्य घाईते हुनेहरुमा भरतपुर महानगरपालिका ७ का ३३ वर्षीय विकास आलेमगर, बारा निजगढ नगरपालिका ६ का २१ वर्षीय अनिष राउत, सोहि स्थानका २१ वर्षीय अनु राउत, काठमाण्डौ महानगरपालिका ३१ का ८१ वर्षीय कृष्ण रिमाल, सोहि स्थानका ३० वर्षीय संदिप न्यौपाने, सोहि स्थानका २८ वर्षीय मिना तिमल्सिना रहेको प्रहरीले जनाएको छ । 
हाईसका चालक प्रहरीको नियन्त्रणमा रहेको जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस