संकास्पद गतिविधिमा संलग्न ९७ जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, ३० असार २०७६, १९ : ४५
संकास्पद गतिविधिमा संलग्न ९७ जना पक्राउ

 चितवन ।  लागु औषध दुव्र्यसन, यौनजन्य क्रियाकलाप तथा सामाजीक विकृतिजन्य गतिविधिहरुप्रति चितवन प्रहरी आक्रमक बनेको छ । संकास्पद क्रियाकलापमा संलग्न रहेका ९७ जनालार्ई सोमवार एकै दिन पक्राउ गरेको छ । 
जिल्लाका विभिन्न स्थानमा एकै साथ छापा मारी उनिहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ पर्नेमा ४२ जना पुरुष, ४३ महिला र १२ जना होटल सञ्चालक रहेका छन । उनिहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले जानकारी दिए । 
जिल्लामा सञ्चालीत होटल, लज, रेष्टुरेण्ट, कटेज र डेटिङ स्पटहरुमा लागु औषध दुव्र्यसन, यौनजन्य तथा सामाजीक विकृतिजन्य गतिविधिहरु हुनेगरेको गुनासोका आधारमा एकै पटक दर्जनौ स्थानमा छापा मारीएको प्रहीले जनाएका छ । 
जिल्लामा शान्ति सुरक्षा र विकृति नियन्त्रणका लागी क्लिन चितवन अभियान सञ्चालन गरीएको र सोहि अभियान अन्तर्गत संकास्पद गतिविधि हुने क्षेत्रमा निगरानि कडा पारीएको हो । गुनासो बढेपछि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी र होटल व्यवसायी संघको समन्वयमा आज दिउँसो २ बजे एकै साथ चेकजाँच तथा खानतलासी गरीएको थियो । 
 

प्रतिक्रिया दिनुहोस