लेनिनको आदर्श जिवनशैली : हरेक शनिवार श्रममा वित्थ्यो उनको दिन

एजेन्सी

सोमबार, ३० असार २०७६, १९ : ३२
लेनिनको आदर्श जिवनशैली : हरेक शनिवार श्रममा वित्थ्यो उनको दिन

एजेन्सी । मार्क्सवादको प्रयोग गरी विशाल सोभियत संघमा समाजवादी सत्ता स्थापना गर्ने महान् व्यक्ति हुन् लेनिन । उनको पुरा नाम भ्लादिमिर इलिच लेनिन हो । उनी मजदुरलाई असाध्यै माया गर्थे । तीनै मजदुरको बलमा उनले विशाल रसियामा मार्क्सवादको सफल प्रयोग गरेका थिए ।

रसियाका कम्युनिस्टहरु श्रमलाई उच्च सम्मान गर्थे । उनीहरुले राष्ट्रलाई श्रमदान दिने भनेर पार्टी केन्द्रिय समितिमै निर्णय गर्थे । उनीहरुले हरेक शनिबार श्रमदान दिने निर्णय गरे । निर्णय कार्यान्यवन गर्न शिर्ष नेता नै पहिले लागि पर्थे । १९२० मा भएको पार्टी निर्णयलाई व्यवहारिक रुप दिन लेनिन स्वयम् श्रममा सहभागि भएका थिए । उक्त समयमा लेनिनसँगै सहभागी हुने एकजना सोभियत कम्युनिष्ट पार्टीका सदस्य इ. बोरीसोवको भनाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

१ मेई १९२० मा रुसी कम्युनिस्ट पार्टी (बोल्सेभिक) को केन्द्रिय समितिले हप्ताको एकदिन शनिबार देशका लागि श्रमदान गर्ने भनेर निणर्य ग¥यो । (त्यसलाई रुसमा ‘सुब्बोतनिक’ भनिन्थ्यो) ।

पार्टीले निणर्य गरेपछि लेनिन स्वयम् सोभियत संघको ‘क्रेमलिन’ भन्ने चौकमा काम गर्न खटिएका थिए । उक्त चौकमा काम गर्न पार्टीका स्थानीय कमरेडको नेतृत्व थियो । त्यसबेला क्रेमलिन चौक तहसनहस र निमार्ण सामग्रीहरुको थुप्रोले भरिएको थियो । लेनिन पुरै मजदुरको भेषमा पुरानो सुट र पुरानो जुत्ता लगाएर फिल्ड कमाण्डरको आदेशको प्रतिक्षा गरिरहेका थिए । फिल्ड कमाण्डरले लेनिनलाई हलुका सजिलो काम गरुन् भन्ने चाहाना राखेका थिए । तर उनको सोँच विपरित लेनिन बडो स्फूर्तिका साथ अप्ठेरा र गाह्रो कामहरुमा सहभागि भएका थिए । उनले फिल्ड कमाण्डरलाई ‘मैले के गर्नु पर्छ ? भनि पटक पटक सोधेका समेत थिए । त्यसपछि फिल्ड कमाण्डरले उनलाई काम लगाउँथे । लेनिन खुरुखुरु काम गर्थे ।

हामीले एउटा ठूलो काठ उठाउन थाल्यौं । हामी चाहान्थ्यौं की लेनिन यो काममा लागि नआउन् । तर हाम्रो सोँच विपरित लेनिन सबैभन्दा गह्रौं भाग काँधमा उठाएर बोक्न पो थाले ।’ अनि मैले भने, तपाई ५० वर्षको हुनुहुन्छ, म २८ वर्षको छु । म बोक्छु यहाँ । तर उनले ठिक छ भनेर ठाउँ छाडेनन् ।

लेनिनले ढिलो होइन निकै छिटो छिटो अझ राम्रोसँग काम गरे । उनले हरेक काम छिटो र राम्रोसँग गर्नुपर्छ भनेर समेत देखाए । सँगै काम गरेका साथीहरु कयौं थाकेर बसे । तर लेनिन भने काम गरिरहेका थिए ।

चर्को घाम लागिरहेको थियो । सबैजना केही बेर आराम गर्न बसे । एकजना कमरेडले लेनिनलाई सिगरेट अघि बढाए । तर लेनिनले धन्यवाद भन्दै आफूले पिउने नगरेको बताए ।

त्यसदिन लेनिनले चार घण्टा काम गरे । त्यो चार घन्टा जुन मैले लेनिनको साथ काम गर्ने अवसर पाए, यो मेरो स्मृतिमा सदा रहिरहने छ ।

सुब्बोतनिकः 
सोभियत संघमा छुट्टीदिन एक घण्टा अथवा शनिबारका दिन देशलाई श्रमदान गर्नेलाई सुब्बोतनिक भनिन्छ । सुब्बोतनिको अर्थ शनिबार भन्ने हुन्छ । यो काम सोभियत संघमा १० मेई १९१९ मा शनिबारकै दिन एक रेल मजदुरहरुबाट सुरु भएको थियो । सोभियत संघमा देशभक्तिपूर्ण युद्धको दौरान सुब्बोतनिकले निकै व्यापक रुप ग्रहण गरेको थियो । लेनिन सहित सबै कम्युनिस्ट नेताहरु यसमा सक्रिय सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस