राष्ट्रपति महिला खेलकुद : महिलाहरुका लागि आत्मरक्षा तालिम प्रदान सुरु

सफल खबर संवाददाता

आइतबार, २९ असार २०७६, १६ : ३७
राष्ट्रपति महिला खेलकुद : महिलाहरुका लागि आत्मरक्षा तालिम प्रदान सुरु

चितवन । राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रम अन्र्तगत आजदेखि चितवनको भरतपुरमा महिलाहरुका लागि आत्मरक्षा तालिम प्रदान सुरु गरिएको छ । 

माध्यमिक तहमा अध्ययन गर्ने छात्राहरुलाई लक्षित गर्दै राष्ट्रिय खेलकुद परिषदको आयोजनामा भएको कार्यक्रमको स्थानीय व्यवस्थापन तथा समन्वय जिल्ला खेलकुद विकास समिति चितवनले गरेको हो । कार्यक्रममा विभिन्न विद्यालयका छात्राहरुको सहभागिता रहेको छ । समाजमा महिला प्रति विभिन्न दुव्र्यवार बढ्दै गएको कारण यसको न्यूनीकरण तथा खेलकुदमा महिलाहरुको रुचि बढाउनका लागि कार्यक्रम गरिएको जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले बताए । 

आत्मरक्षा तालिमले महिलाहरुको आत्मबल बढाउनुका साथै उनीहरुलाई खेलकुद प्रति आकर्षित गर्ने लामाको भनाइ छ । तीन दिनसम्म सञ्चालन हुने आत्मरक्षा तालिममा प्रमुख प्रशिक्षक राजु पौडेलसहित तीन जनाले प्रशिक्षण दिने जिल्ला खेलकुद विकास समिति चितवनका कार्यालय प्रमुख रामजी ढकालले बताए । 
 

प्रतिक्रिया दिनुहोस