भरतपुरका संस्थापक मेयर मुक्तिलाल चुके रहेनन्

सफल खबर संवाददाता

शुक्रबार, १३ असार २०७६, १७ : ३१
भरतपुरका संस्थापक मेयर मुक्तिलाल चुके रहेनन्

चितवन । तत्कालीन भरतपुर नगरपालिकाका संस्थापक मेयर मुक्तिलाल चुकेको निधन भएको छ । नारायणगढमा रहेको उहाँकै निवासमा आज बिहान ११ बजे निधन भएको हो । 

समाजसेवी चुके २०३५ सालमा तत्कालीन भरतपुर नगर पञ्चायतको मेयर बन्नुभएको थियो । नगरको विकासमा उहाँको ठूलो भूमिका रहेको उहाँका सहकर्मीहरु बताउँछन् । 

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले समाजसेवी चुकेको निधनले समाजसेवामा क्षति पुगेको बताउनुभयो । २०६२ सालमा मर्निङ वाकको समयमा मोटरसाइकलले ठक्कर दिएदेखि उहाँ अस्वस्थ रहँदै आउनुभएको थियो । 

प्रजातन्त्रका सेनानी चुके राष्ट्रिय पञ्चायतका जनपक्षीय सांसदसमेत रहनुभएको थियो । स्व. चुकेको भोलि देवघाटमा अन्त्येष्टि गरिने परिवारले बताएका छन् । 
 

प्रतिक्रिया दिनुहोस