कोपा अमेरिका : कोलम्बियासँग अर्जेन्टिना २–० ले पराजित

एजेन्सी

आइतबार, ०१ असार २०७६, १० : ०२
कोपा अमेरिका : कोलम्बियासँग अर्जेन्टिना २–० ले पराजित

एजेन्सी । कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा अर्जेन्टिनाले हार बेहोरेको छ । कोलोम्बियाले दोस्रो हाफको गोलको मदतले उपाधि दावेदार मानिएको अर्जेन्टिनालाई २–० ले हराएको हो । पहिलो हाफ बराबरीमा सकिएको खेलको ७१ औं मिनेटमा कोलम्बियाले अग्रता लिएको थियो। सो अग्रता रोजर मार्टिनेजले दिलाएका थिए।

त्यसपछि खेलको ८६ औं मिनेटमा डुवन जापाताको गोलमा कोलम्बियाले अग्रतालाई दोब्बर पार्‍यो। त्यसपछि कुनै गोल भएन र अर्जेन्टिना २–० ले पराजित भयो। यस खेलमा गोल मेसिनका रूपमा परिचित लियोनेल मेस्सी गोल गर्न असमर्थ रहे। हामेस रोड्रिग्वेजसहितको कोल्म्बियाले अर्जेन्टिनालाई खेल अवधिभर खुलेर खेल्न दिएन।

आज नै सम्पन्न भएको समूह ए को  खेलमा भेनेजुयला र पेरूले गोल रहित बराबरी गरेका छन्। विश्वको पुरानो फुटबल प्रतियोगितामा उपाधिका लागि १२ टोलीले प्रतिष्पर्धा गरेका छन्।

प्रतिक्रिया दिनुहोस