अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजन विश्वकै सबैभन्दा मूल्यवान ब्राण्ड

एजेन्सी

विहीबार, ३० जेठ २०७६, १३ : ५६
अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजन विश्वकै सबैभन्दा मूल्यवान ब्राण्ड

काठमाडौं । गुगल र एप्पल कम्पनीलाई पछि पार्दै अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजन विश्वकै सबैभन्दा मूल्यवान ब्राण्ड भएको छ । 

जेफ बेजोस कार्यकारी अधिकृत रहेका अमेजनले ब्राण्डहरुको उत्कृष्ट १ सय स्थानको पहिलो नम्बरमा गुगल र एप्पलको निकै लामो समयसम्म रहेको एकाधिकारले समाप्त पारेको छ ।

अमेजनको मूल्य ३१५ दशमलव ५ बिलियन अमेरिकी डलर छ, जुन सन् २०१८ को तुलनामा ५२ प्रतिशतले बढेको हो ।

अमेजनले अहिले नयाँ क्षेत्रमा आफ्नो व्यापार बढाएको छ, जुन अमेजनको मूल व्यवसायभन्दा फरक छ । यसैबाट अमेजनले राम्रो दरमा पैसा कमाउँदै आएको छ ।

अमेजनले अब क्लाउड कम्प्युटिंग र होम हार्डवेयर (अमेजन एलेक्सा) मा पनि नेतृत्व गरिरहेको छ । यसका अलावा बेलायतको फुड डेलिभरी कम्पनी डेलिभरी, विद्युतीय ट्रक स्टार्टअप र टेल्सा रिभल रिभान, र स्वचालित ड्राइभिङ कार कम्पनी रिभियनमा पनि लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस